Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू :  आज नेपाल र युएई भिड्दै

$
0
0

काठमाडौं, २८ माघ। आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू क्रिकेटमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । नामिवियामा जारी अघिल्ला दुई खेलमध्ये एकमा हार र एकमा जित निकालेको नेपालले तेस्रो खेलमा युएईविरुद्ध खेल्न लागेको हो ।

विन्डहुकस्थित अफिस पार्कमा नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल दोस्रो जितको खोजीमा रहनेछ । युएई बलियो टिम भएकाले नेपाललाई चुनौती पन्छाउन निकै कठिन देखिन्छ ।

डिभिजन टूको शीर्षस्थानमा रहँदै विश्वकप छनोट यात्रा तय गर्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।

The post आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू :  आज नेपाल र युएई भिड्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles