एजेन्सी, १ फाल्गुन । सोमबार राति भएको प्रिमियर लिगमा चेल्सीले बेस्टबोमविच एल्भियोनलाई ३-० गोलले पराजित गरेको छ ।
गएको हप्ता वाटफोर्डसँग पराजित भएपछि चौतर्फी आलोचनाको घेरामा चेल्सी परेको थियो ।
यो जितले चेल्सीलाई केही राहत दिएको छ । चेल्सीका लागि इडिन हजार्ड खेलको २५ औ मिनेटमा गोल गर्दै अग्रता दिलाए । खेलको ६१ औ मिनेटमाभिक्टर मोजेजले दोस्रो गोल गरे । खेलमा फेरि चम्किए इडिन हजार्ड ।
उनले खेलको ७१ औ मिनेटमा तेस्रो गोल गरे भने व्यक्तिगत दुई गोल गरे । वेस्टब्रोम भने अंक तालिकाको पुछारमा रहेको छ । यो जितसँगै चेल्सीको २७ खेलमा ५३ अंक भएको छ ।
The post चेल्सीको सहज जित appeared first on Sajha Post.