Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

डिभिजन टूको उपाधि हात पार्न नेपालले पायो २ सय ७८ रनको लक्ष्य

$
0
0

काठमाडौं, ३ फागुन ।आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूको उपाधि हात पार्न फाइनल खेलमा नेपालले २ सय ७८ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभर ४ विकेट गुमाएर २ सय ७७ रन जोडेको हो।

यूएईका ओपनर अस्फाक अहमदले शतकीय पारी खेलेपछि यूएईले उक्त स्कोर खडा गरेको हो । अस्फाकले १ सय २३ बलको सामना गर्दै १ सय १४ रन बनाए । उनले १० चौका र ३ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर तथा कप्तान रोहन मुस्तफाले ५१ रनको पारी खेले। ७४ बलको सामना गर्दै उनले ७ चौका प्रहार गरे। रमिज सेहजादले ४१ तथा साइमन अनवरले ४० रन जोडे।

यसअघिका खेलमा नेपालका बलरहरु उत्कृष्ट लयमा रहेको भएपनि यूएईविरुद्धको फाइनल खेलमा भने उनीहरुको प्रदर्शन त्यति राम्रो बन्न सकेन । बसन्त रेग्मी, सोमपाल कामी र सन्दीप लामिछानेले नेपाललाई १/१ विकेट दिलाए।

The post डिभिजन टूको उपाधि हात पार्न नेपालले पायो २ सय ७८ रनको लक्ष्य appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images