एजेन्सी, १७ फागुन । बुधबार राति भएको फ्रेन्च कपमा पीएसजीले मार्सेलीलाई ३–० ले पराजित गरेको छ ।
पीएसजी सहज रुपमा अन्तिम चारमा प्रवेश गरेको छ । पीएसजीका लागि एंगल डि मारियाले २ गोल गरे भने इडिन्सन कभानीले एक गोल गरे ।
नेयमार घाइते भएपछि पिएसजीको खेलमा कस्तो असर पर्छ यसबारे समिक्षाहरु चलिरहँदा पिएसजीको यो जितले मनोबल बलियो बनाउने काम गरेको छ ।
पहिलो हाफको अन्तिम समयमा डि मारियाले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा डि मारियाले दोस्रो गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए ।
८१ औं मिनेटमा इडिन्सन कभानीले गोल गरे ।
The post ओलम्पिक मार्सेलीलाई हराउँदै पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा appeared first on Sajha Post.