Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकप अभ्यास खेलमा नेपाल आज हङकङसँग खेल्दै

$
0
0
फाइल फोटो

काठमाडाैं, १७ फागुन ।  विश्वकप क्रिकेट छनोट अघिको अभ्यास खेलमा नेपाल आज हङकङसँग खेल्दैछ । जिम्बाबेमा हुने अभ्यास खेल नेपाली समय अनुसार दिउसो सवा १ बजे सुरु हुनेछ ।

पहिलो अभ्यास खेलमा नेपालले युएइलाई ५ विकेटले पराजित गरेको थियो । जिम्बाबेमा २० गतेदेखि हुने विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी छन् । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउनेछन् ।

नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्ड समूह ‘बी’ मा छ । नेपालले पहिलो खेल २० गते घरेलु टोली जिम्बाबेसँग, दोस्रो खेल २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र लिग चरणको अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।

The post विश्वकप अभ्यास खेलमा नेपाल आज हङकङसँग खेल्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles