Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बराबरीमै रोकियो बार्सिलोना

$
0
0


एजेन्सी, १८ फागुन । स्पेनिस ला लिगा लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । गएरातिको खेलमा बार्सिलोना लस पाल्मससँग एक–एक गोलको बराबरीमा रोकिएको हो ।

बार्सिलोनाका लागि लियोनेल मेस्सीले २१ औं मिनेटमा एक गोल गरेर अग्रता लिए पनि ४८ औं मिनेटमा लस पाल्मका लागि क्यालेरीले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्‍याउन सके ।

यो नतिजासँगै बार्सिलोनाको अपराजित यात्रा ३३ खेलसम्म पुगेको छ । बार्सिलोना २६ खेलबाट ६६ अंकसहित तालिकाको पहिलो स्थानमा छ भने दोश्रो स्थानको एथ्लेटिको मड्रिड बार्सिलोनाभन्दा ६ अंकले पछाडि छ ।

The post बराबरीमै रोकियो बार्सिलोना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles