Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडका यी खेलाडीलाई ५ वर्षको जेल सजाय हुनसक्ने

$
0
0

एजेन्सी, १९ फागुन । रियल मड्रिडका स्टार खेलाडी लुका मड्रिकलाई पाँच वर्षको जेल सजाय हुनसक्ने भएको छ ।

बिबिसीको एक रिपोर्ट अनुसार कर छली गरेको विषयमा क्रोएशियाको राष्ट्रिय फुटवल टिमका पूर्व म्यानेजर जद्राभ्को मामिकको बचाउ गर्न फर्जी जानकारी दिएको अभियोग पुष्टि भए उनी ५ वर्ष जेल जानुपर्नेछ ।

मिडिया रिपोर्टका अनुसार सन् २००८ मा डिनामो क्लबबाट टोटनह्याम हट्स्परमा अनुबन्ध भएको सम्बन्धमा पूर्व म्यानेजर मामिकले गरेको कर छलीको बचाउ गर्न फर्जी जानकारी दिएको र सोही विषयबारे छानबिन सुरु भएको थियो ।

ममिक, उनका भाई र अन्य दुई जनाले पैसा हिनामिना गरेको आरोप लागेको थियो ।

The post रियल मड्रिडका यी खेलाडीलाई ५ वर्षको जेल सजाय हुनसक्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles