Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पीएसजीविरुद्ध मड्रिडको शानदार जित

$
0
0


एजेन्सी, २३ फागुन । पेरिस सेन्ट जर्मेइन पीएसजीलाई रियल मड्रिडले ५–२ ले हराएको छ । पिएसजीविरुद्धको यो जितसँगै रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ ।

रियलको जितमा रोनाल्डो र कासिमिरोले दोस्रो हाफमा १–१ गोल गर्दा गरे भने दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको पीएसजीका लागि इडिन्सन कभानीले गोल गरे । दोस्रो लेगमा रियल मड्रिड २ –१ ले विजयी भयो ।

पहिलो लेगमा हात पारेको ३–१ को जितका कारण केही सहज स्थितीमा रहेको रियल मड्रिडलाई पीएसजीले आफ्नो मैदानमा केही दवाव दिए पनि हार रोक्न सकेन ।

पहिलो हाफ गोलरहित बराबरीमा सकियो । लुकास भाज्क्वेजको पासमा रोनाल्डोले ५१ औं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाउन सके ।

६६ औं मिनेटमा मिडफिल्डर मार्को भेराट्टी रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा सिमित भयो । तर, त्यसको पाँच मिनेटपछि इडिन्सन कभानीले गोल गर्दै पीएसजीलाई आक्रामक बनाउने प्रयास गरे ।

८० औं मिनेटमा कासिमिरोले गोल गरेपछि पीएसजीको यात्रामा पूर्णविराम लाग्यो ।

The post पीएसजीविरुद्ध मड्रिडको शानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles