काठमाडौं, २४ फागुन । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल आज स्कटल्याण्डसँग खेलिरहेकाे छ । टस जितेको नेपालले ब्याटिङ थालेको छ भने स्कटल्याण्डलाई फिल्डिङको निम्तो दिएको छ ।
जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा खेल शुरु भएको हाे । नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ ।
नेपाल सुपरसिक्समा पुग्नै पर्ने दबाबमा छ । पहिलो खेलमा हार बेहोरेको नेपालले बाँकी तीन खेलमध्ये दुई खेलमा जितका साथै राम्रो नतिजा ल्याउन आवश्यक छ ।
समूह ‘बी’ मा रहेको नेपालले स्कटल्याण्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । रातो अक्षरमा क्लिक गर्नुहोस् र खेलको लाईभ हेर्नुहोस् । NEPAL VS SCOTLAND
The post विश्वकप छनोट क्रिकेटः टस जितेर ब्याटिङ गर्दै नेपाल (LIVE) appeared first on Sajha Post.