Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘रोनाल्डोको गोलभन्दा मेरो गोल उत्कृष्ट छ’

$
0
0

एजेन्सी, २१ चैत । रियल मड्रिडका प्रशिक्षकले च्याम्पियन्स लिगमा रोनाल्डोले युभेन्ट्सविरुद्ध गरेको गोलबारे प्रतिक्रिया दिएका छन् ।

रोनाल्डोले दोस्रो हाफमा एक्रोव्याट्रिक गोल गर्दै रियललाई दुई गोलको अग्रता दिलाएका थिए ।

तर, प्रशिक्षक जिनेदान जिदानले सन् २००२ को च्याम्पियन्स लिग फाइनलमा आफुले गरेको गोल रोनाल्डोको भन्दा निकै उत्कृष्ट रहेको बताएका छन् ।

१६ वर्ष अगाडि जिदानले वार्यन लिभरकुजानविरुद्ध गोल गरेका थिए । रोनाल्डाको गोल यस हप्ताको सबैभन्दा उत्कृष्ट गोल भएको फुटबल विश्लेषकहरुले बताएका छन् ।

जिदानले भनेका छन्, ‘रोनाल्डोको गोल तुलना गर्न पक्कै मिल्छ तर, मैले गरेको गोल निकै उत्कृष्ट रहेको थियो ।’

उनले थप्दै भने, ‘म रियल मड्रिडको प्रशिक्षक हुँ । त्योभन्दा पनि पहिला म फुटबल फ्यान हुँ । जब यस्तो गोलहरु देख्न पाइन्छ तब टाउको समात्ने गरिन्छ । मैले पनि त्यस्तै गरे ।’

रोनाल्डो रियलमा हुनु हामी सबैको लागि ठुलो गौरवको विषय भएको समेत उनले बताएका छन् ।

The post ‘रोनाल्डोको गोलभन्दा मेरो गोल उत्कृष्ट छ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles