Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर डर्बीः दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटीको लज्जास्पद हार

$
0
0

एजेन्सी, २५ चैत । शनिबार राति भएको प्रिमियर लिगमा दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइटेडसँग ३-२ गोलले पराजित भएको छ ।

म्यानचेस्टर डर्बीमा म्यानुलाई जित हात पार्नै पर्ने दबाब रहेको थियो । पहिलो हाफको २५ औ मिनेटमा भिनसेन्ट कम्पनीले गोल गर्दै म्यान सिटीलाई अग्रता दिलाएका थिए ।

त्यसको पाँच मिनेट नबित्दै म्यान सिटीका लागि गुयनडोगनले दोस्रो गोल गरे । प्रिमियर लिग उपाधि नजिक रहेको म्यान सिटीले म्यानुसामु भने दोस्रो हाफमा घुडा टेक्यो ।

दोस्रो हाफको पहिलो मिनेट देखिनै आक्रामक रहेको म्यानुका लागि पोउल पोग्वाले डेढ मिनेटमा दुई गोल गर्दै खेल बराबरीको स्थितिमा ल्याउन सफल भए ।

खेलको ६९ औ मिनेटमा क्रिस स्मलिङले सानदार गोल गर्दै म्यानुलाई अग्रता दिलाउन सफल भए । यो जितसँगै म्यान सिटीको ३२ खेलमा ८४ अंक भएको छ ।

च्याम्पियन्स लिगमा लिभरपुलसँग लज्जास्पद हार व्यहोरेको सिटीको सिजन कै यो लगातार हार हो । ३२ खेलमा म्यानुको भने ७१ अंक भएको छ । प्रिमियर लिग उपाधि जित्न सिटीले अझै कुर्नुपर्ने भएको छ ।

The post म्यानचेस्टर डर्बीः दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटीको लज्जास्पद हार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles