एजेन्सी, २५ चैत । प्रिमियर लिग अति नै रोमाञ्चक मोडमा आइपुगेको छ । रेलिगेशनमा कुन टोली पर्ने हो अझै एकिन गर्न गाह्रो रहेको छ ।
शनिबार भएको खेलमा लिभरपुलले इभर्टनसँग गोलरहित बराबरी खेल खेलेको छ ।
अंक तालिकाको १७ औ स्थानमा रहेको क्रिस्टल प्यालेसले एफसी बोर्नेमाउथसँग २-२ गोलको बराबरी खेल खेलेको छ ।
रेलिगेशनको जोखिम नजिक रहेको हडल्सफिल्ड टाउनले ब्रिंटन होभ एण्ड एल्भिनसँग एकएक गोलको बराबरी खेल खेलको छ ।
लैइसेस्सटर सिटीलाई २१ गोलले पराजित गर्दै न्युक्यासल युनाइटेडले सानदार जित दर्ता गर्न सफल भएको छ । स्टोक सिटीलाई भने झट्का लागेको छ । स्टोक सिटी टोटनह्यामसँग २-१ गोलले पराजित भएको छ ।
वेस्टब्रोम र स्वान्सी सिटीको खेल भने एकएक गोलको बराबरीमा सकिएको छ ।
The post यस्तो छ प्रिमियर लिगका अन्य खेलहरुको नजिता appeared first on Sajha Post.