Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

इन्डियन प्रिमियर लिग: पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग मुम्बाई इन्डियन्स पराजित

$
0
0

एजेन्सी, २५ चैत । ठुलो तामझामका साथ शनिबारबाट सुरु भएको इन्डियन प्रिमियर लिगको पहिलो खेलमा चेन्नई सुपर किंग्सले मुम्बाई इन्डियन्सलाई पराजित गरेको छ ।

चेन्नईलाई १६६ रनको लक्ष्य दिएको मुम्बईले पहिलो ब्याटिङ गरेको थियो । सुरुवातमा राम्रो खेल प्रदर्शन गर्न नसकेको चेन्नइ बिस्तारै सम्हालिएको थियो । ५० रन बनाउँदा टिमका चार विकेट गुमिसकेको थियो ।

चेन्नई ११८ रनको अवस्थामा आठ विकेट गुमाइसकेको थियो ।

तर, मुम्बईको जित र चेन्नईको हारकोबीचमा ब्राभोको भुमिका निकै महत्पुर्ण रह्यो, जो नतिजा आफ्नो पक्षमा ल्याउन संघर्ष गर्दै थिए ।

१८ र १९ औं ओभरमा आक्रामक ब्याटिङ गरेका उनले १९ ओभरको समाप्तिमा चेन्नईलाई १५९ रन दिलाए । अन्तिम ७ बलमा ७ रन नै आवश्यक रहेको अवस्थामा ब्राभो बाहिरिएका थिए । चेन्नईको जितमा वेस्टइन्डिजका अलराउन्डर ड्वेन ब्राभो नायक बने । उनले विस्फोटक ब्याटिङ गर्दै ३० बलमा ६८ रन बनाएपछि चेन्नई जितको नजिक पुगेको थियो ।

The post इन्डियन प्रिमियर लिग: पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग मुम्बाई इन्डियन्स पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles