सिन्धुपाल्चोक, २५ चैत । नमुना युथ एक्टिभ ग्रुपको आयोजनामा चैत्र २१ गतेबाट मेलम्चीमा सुरु भएको दोश्रो मेलम्ची खानेपानी ह्यो.सि.मे.स राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि एपीएफले हात पारेको छ ।
शनिबार भएको फाइनल खेलमा एपीएफले त्रिभूवन आर्मी क्लबलाई २५–१७, २५–२३ र २५–२१ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । त्रिभूवन आर्मी क्लब दोस्रो र योङ स्टार क्लब दुबाचौरलाई हराउदै पश्चिमाञ्चल क्लब तेस्रो भएको छ ।
The post खुल्ला पूरुष भलिबलको उपाधि एपीएफलाई appeared first on Sajha Post.