एजेन्सी, ७ जेठ । सन् २०१८ को विश्वकप हुन अब एक महिनाात्र बाँकी रहेको छ । रसियाले विश्वकपका लागि सबै तयारी पुरा गरेको बताइ सकेको छ ।
रसियाले विश्वकप आयोजना गर्नु एउटा ठुलै चुनौती भएपनि सबै तयारी पुरा भएको र सबै स्टेडियको सबै व्यवस्था पुरा गरेको बताएको छ । पहिलोपटक विश्वकपको आयोजना गर्न लागेको रसियाले विश्वकपकालागि १२ वटा विशेष स्टेडियम तयार पारेको छ ।
लुज्निकी स्टेडियमभन्दा करिब १ हजार माइल टाढा रहेको छ इकाटेरिनबर्ग एरिना। यो इकाटेरिनबर्ग शहरमा अवस्थित पुरानो तथा केन्द्रीय रंगशाला हो।
सन् १९५७ मा बनेको यो सोभियत युनियनकालीन रंगशालाको पुनर्निर्माण खर्च २ सय १५ मिलियन अमेरिकी डलर रहेको छ।
सन् १९५९ मा भएको वल्र्ड अलअराउन्ड स्पिड स्केटिङ च्याम्पियनसिपको आयोजना यसै रंगशालामा गरिएको थियो।
पुनर्निर्माणअघि करिब २३ हजार दर्शक क्षमता रहेको यस रंगशालालाई अहिले ३५ हजार ६ सय ९६ सिट क्षमताको बनाइएको छ।
यस रंगशालामा इजिप्ट र उरुग्वेले जुन १५ मा, फ्रान्स र पेरुले जुन २१ मा, जापान र सेनेगलले जुन २४ मा र मेक्सिको र स्विडेनले जुन २७ मा खेल्नेछन्।
The post विश्वकप २०१८ः इकाटेरिनबर्ग एरिनाबारे जान्नुहोस् यी तथ्यहरु appeared first on Sajha Post.