Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आइपिएलः सातौंपटक फाइनलमा पुग्यो चेन्नई, डु प्लेसीले ७ ब्याट्स्म्यानसँग साझेदारी गर्दै जित दिलाए

$
0
0


मुम्बई, ९ जेठ । वानखेडे स्टेडियममा आइपिएल-११ को पहिलो क्वालिफायरमा चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई २ विकेटले हराइदिएको छ । यो जितसँगै चेन्नईले सातपटकसम्म आइपिएलको फाइनलमा पुगेको रेकर्ड बनाएको छ ।

यो सिजनमा हैदरावादको यो लगातार चौथो हार हो । चेन्नईले १४० रनको लक्ष्यलाई १९.१ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । फाफ डु प्लेसीले सबैभन्दा बढी ६७ रन बनाए । उनले यो सिजनमा आफ्नो पहिलो अर्धशतक पूरा गरे । ओपनिङ गर्न आएका उनले नौजना ब्याट्स्म्यानसँग साझेदारी गरे ।

यस अघि टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन जोडेको थियो । कार्लोस ब्रैथवेटले ४३ रन जोडे भने ड्वेन ब्रावोले २ विकेट लिए ।

चेन्नईको पहिलो विकेट शून्य रनमै गयो । भुवनेश्वर कुमारले शेन वाट्सनलाई शून्यमै आउट गरिदिए । सिद्धार्थ कौलले लगातार दुई बलमा सुरेश रैना र अम्बाती रायुडूलाई बोल्ड गरिदिए । चेन्नईले ३.४ ओभरमा तीन विकेट गुमाउँदा २४ रन जोडेको थियो । संकटग्रस्त अवस्थामा मैदानमा उत्रिएका कप्तान महेन्द्रसिंह धोनीलाई राशिद खानले ९ रनमै बोल्ड गरिदिए । चेन्नईको संकट झनै चुलियो । राशिसले धोनीपछि ड्वेन ब्रावोलाई पनि आउट गरिदिए । सन्दीप शर्माले रविन्द्र जडेजालाई ३ र दीपक चाहरलाई १० रनमा आउट गरिदिए ।

सुरुमा ब्याटिङ रोजेको हैदरावादको सुरुवात पनि खराब नै रह्यो । दीपक चाहर खेलको पहिलो बलमै शिखर धवनलाई बोल्ड गरिदिए । त्यसपछि विलियम्सले पहिलो ओभरमा चावरलाई तीन चौका मारे । लगत्तै ४.२ ओभरसम्म ३६ रन जोड्दा तीन विकेट पतन भयो ।

चाहरपछि लुंगी एंगिडीले श्रीवत्स गोस्वामीलाई १२ रनमा आउट गरिदिए । शार्दुल ठाकुरले केन विलियम्सन २४ रनमा आउट भए । मनिष पाण्डेय ८ रनमा रविन्द्र जडेजाको शिकार बने । ड्वेन ब्रावोले आफ्नो पहिलो ओभरमै शाकिब अल हसनलाई १२ रनमा आउट गरिदिए ।

The post आइपिएलः सातौंपटक फाइनलमा पुग्यो चेन्नई, डु प्लेसीले ७ ब्याट्स्म्यानसँग साझेदारी गर्दै जित दिलाए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles