एजेन्सी, ९ जेठ । यतिबेला भारत र नेपाल लगायतका केही देशमा आइपीएलको चर्चा व्यापक छ । यसको समापन अब चाँडै नै हुँदैछ । विजेता जुन टीम भएपनि यसको समापन निकै भव्य हुने देखिएको छ ।
आयोजकले फाइनलका लागि योजना बनाइरहेको छ । फाइनलमा बलिउडका हस्तीहरु पनि उपस्थित हुने बताइएको छ । यसमा सलमान खानदेखि रणबीर कपूरसम्मको नाम आएको छ । त्यस्तै आइपीएल क्लोजिङ सेरेमनीमा बलिउड अभिनेत्री कट्रिना कैफले परफर्म गर्ने भएकी छन् । त्यस रात कट्रिनाका अलवा सलमानले पनि डान्स गर्नेछन् ।
आफ्नो हिट गीतमा कट्रिनाले परफर्म गर्नछिन् । खबरका अनुसार उनले १० मिनेट डान्सकै निकै राम्रो रकम पाउनेछिन् । उनले आफ्नो परफर्मका लागि करोडौं लिएको बताइएको छ । खास लिने रकम भने खुलासा गरिएको छैन । यसअघि पनि कट्रिनाले आइपीएलमा डान्स गरेकी थिइन् ।
The post आइपीएल फाइनलमा कट्रिनाले १० मिनेट परफर्म गर्ने, पारिश्रमिक कति ? appeared first on Sajha Post.