एजेन्सी, १० जेठ । अर्जेन्टिनाले गोल रक्षक नाहुएल गुजम्यानलाई विश्वकप टोलीमा सामेल गरेको छ ।
अर्जेन्टिनाको लागि पहिलो रोजाइका गोल रक्षक सर्जियो रोमेरो घाइते भएपछि गुजम्यान विश्वकपका लागि छनोट भएका हुन् ।
मेक्सिकन क्लब टाइगर्सबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका उनले रोमेरो घाइते भएपछि विश्वकपका लागि मौका पाएका हुन् ।
अब प्रशिक्षक सामपाओलीले विश्वकपका लागि विली काभालेरो, फ्रान्को अर्मानी र गुजम्यानमध्ये पहिलो गोलरक्षकको जिम्मेवारी दिन्छन् त्यो चासोको विषय बनेको छ ।
The post रोमेरो घाइते भएपछि अर्जेन्टिनाले बोलायो यी गोलरक्षकलाई appeared first on Sajha Post.