एजेन्सी, १० जेठ । आउने मे २६ मा च्याम्पियन्स लिगको फाइनल खेल हुँदैछ ।
१२ वर्षपछि च्याम्पियन्स लिगको फाइनलको यात्रा तय गरेको लिभरपुल स्पेनिस जायन्ट रियल मड्रिडलाई हराउँदै उपाधि जित्ने दाउमा रहेको छ ।
च्याम्पियन्स लिगमा यस सिजन सबैभन्दा धेरै गोल लिभरपुल नै गरेको छ । लिभरपुलका साइडो माने ९ गोल, रोबर्टो फिरमिन्हो १० गोल र मोहमम्द सालाह १० गोल गरेका छन् ।
उच्च फर्ममा रहेको लिभरपुलले रियललाई हराउनेमा पुर्व प्रशिक्षक ह्यारी रेडन्याप आशावादी रहेका छन् ।
लिभरपुललाई यस सिजन कुनै पनि क्लबले हराउन कठिन हुने देखिएको उनले बताएका छन् । हरेक खेलाडी फर्ममा रहेका र उनीहरुलाई रोक्न रियलका डिफेण्डरहरु चुक्ने उनको अनुमान रहेको छ ।
उनले भनेका छन्, ‘लिभरपुलका तीन खेलाडी विश्वकै खतरनाक स्टाइकर हुन् । रियलको डिफेन्स लाइन गतिलो नभएका कारण पनि लिभरपुलले खेल जित्ने सम्भावना अति नै बलियो छ ।’
दुईपटक सम्म लगातार च्याम्पियन्स लिगको उपाधि जितेको रियल पनि च्याम्पियन्स लिगको फाइनलका लागि पुर्ण रुपले तयार रहेको प्रशिक्षक जिनेदान जिदानले बताएका छन् ।
उनले ऐतिहासिक जित जित्नेमा आफु ढुक्क रहेको उनले बताएका छन् ।
The post ‘च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडलाई लिभरपुलले पराजित गर्नेछ’ appeared first on Sajha Post.