एजेन्सी, १० जेठ । रसियामा हुने विश्वकप इंङ्ल्याण्डले जित्ने स्टार खेलाडी ह्यारी केनले बताएका छन् ।
यसपटकको इंङ्ल्याण्डको टोली बलियो रहेको र विश्वकपमा सानदार प्रदर्शन गर्ने उनले बताएका छन् ।
प्रशिक्षक साउथगेटले कप्तानीको जिम्मेवारी दिएपछि उनले भनेका छन्, सपना देख्नु राम्रो कुरा हो ।
रसियामा इंङ्ल्याण्डले उपाधि जित्नेछ ।
यस सिजन कुल ४१ गोल गरेका उनी उच्च फर्ममा रहेका छन् ।
रसियाका लागि छनोट भएको टोली पनि उत्तिकै फर्ममा रहेको छ ।
ह्यारी केनले भनेका छन्,’ इंङ्ल्याण्डलाई विश्वकपको दाबेदार मानिएको छैन । तर, हामीले विश्वकप जित्ने सपना देखेका छौ । यसलाई मुर्तरुप दिने हामी प्रयास गर्नेछौ ।’
The post इंङ्ल्याण्डले विश्वकप जित्नेमा ह्यारी केन आशावादी appeared first on Sajha Post.