Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

फ्रेन्च ओपन टेनिसको उपाधि सिमोनालाई

$
0
0

एजेन्सी, २७ जेठ । फ्रेन्च ओपन २०१८ को फाइनलमा सिमोना हालेपले अमेरिकाकी स्लोन स्टीफंसलाई पराजित गर्दै उपाधि कब्जा गरेकी छन् । सिमोनाले पहिलोपटक फ्रेन्च ओपनको उपाधि जितेकी हुन् ।

रोमानियाली स्टार हालेपले अमेरिकाकी स्टीफंसलाई ३-६, ६-४ र ६-१ अंकले हराइन् । फाइनलको पहिलो सेटमा सिमोनाले स्टीफंससँग हारको सामना गर्नुपरेको थियो । तर, अन्य दुई सेटमा सिमोनाले जितित् । २६ वर्षीया सिमोनाले टेनिस करियरमा पहिलोपटक ग्र्याण्ड स्ल्याम उपाधि जित्न सफल भइन् ।

यसैवर्ष अष्ट्रेलियन ओपनको फाइनलमा पुगेपनि उनले उपविजेतामा चित्त बुझाएकी थिइन् । सिमोना तेस्रो प६क फ्रेन्च ओपनको फाइनलमा पुगेकी थिइन् तर यसपटक उनलाई कसैले रोक्न सकेनन् । स्टीफंस भने पहिलोपटक यसको फाइनलमा पुगेकी थिइन् ।

The post फ्रेन्च ओपन टेनिसको उपाधि सिमोनालाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles