एजेन्सी, २७ जेठ । फिफा विश्वकपलाई सामन्यतया: विश्वकप भन्ने गरिन्छ । यो चार-चार वर्षमा हुन्छ । फुटबलको महाकुम्भ मानिने विश्वकपलाई फ्यानहरुले तिव्र प्रतिक्षा गरिरहेका छन् । पहिलो विश्वकप सन् १९३० मा उरुग्वेले आयोजना गरेको थियो । तर, दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र सन् १९४६ को विश्वकप आयोजना हुन सकेन । त्यस्तै आज हामी तपाईलाई फिफा विश्वकपबारे केही महत्वपूर्ण तथ्यबारे जानकारी दिनेछौं ।
विश्वकपका केही महत्वपूर्ण तथ्य :
फ्रेन्चम्यान लुचिन लरेन्ट विश्वकपको पहिलो गोलकर्ता हुन् । जुन उनले सन् १९३० मा गरेका थिए ।
विश्वकपका सबैभन्दा कान्छा खेलाडी नोरम्यान ह्वाइटसाइट हुन् । उनले १७ वर्ष ४१ दिनको हुँदा विश्वकप फुटबल खेलेका थिए ।
सन् १९५४ मा हंगेरीले कुल २७ गोल गरेको थियो ।
क्यामरुनका रोगर मिल्ला विश्वकपमा सहभागी हुने सबैभन्दा पाको उमेरका खेलाडी हुन् । सन् १९९० मा इटालीमा भएको विश्वकपमा उनले टीमको नेतृत्व गरेका थिए ।
ब्राजिल एक यस्तो देश हो जसले सबैभन्दा बढी पटक विश्वकपको आयोजना गर्यो । तर, आफ्नै देशमा विश्वकप खेल्दा ब्राजिलले एकपपटक पनि उपाधि उचाल्न सकेन ।
सन् १९५० मा ब्राजिलमा भएको विश्वकपमा भारत छनोट भएको थियो । यद्यपी भारतले विश्वकप खेल्न पाएन । भारतले विश्वकप खेल्न नपाउनुको कारण खेलाडीहरुसँग बुट नहुनु हो । जब खेल्नका लागि बुट अनिवार्य थियो ।
तपाईलाई थाहा नहुन सक्छ दक्षिण अफ्रिकाको राष्ट्रिय टीमको नाम ‘बाफना बाफना’ हो । यसको अर्थ ‘दि बोइज, दि बोइज’ हो ।
सन् २००६ मा जर्मनीमा भएको विश्वकप फाइनल खेललाई ७ सय १५ मिलियन भन्दा बढीले हेरेका थिए ।
The post तपाईलाई थाहा नहुन सक्छ विश्वकपका यी रोचक तथ्य appeared first on Sajha Post.