Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जर्मनीका ‘क्रेजी फ्यान’: जग्गा बेचेरै बनाए साढे पाँच किलोमिटर लामो जर्मनीको झण्डा

$
0
0

एजेन्सी, २९ जेठ । विश्वकप सुरु हुन अब २ दिनमात्र बाँकी रहेको छ । यसको सरगर्मी लगातार बढीरहेको छ । विश्वभर रहेका फ्यानहरुबारे पनि अजबगजबका घटनाहरु बाहिर आइनै रहेका छन् । एक यस्तै घटना सामाजिक सञ्जालमा भाइरल भएको छ । एक बंगलादेशी समर्थकले साढे ५ किलोमिटर लामो जर्मनीको झण्डा घरमा नै बनाएर सबैलाई आश्यर्चमा पारेका छन् ।

जर्मनीका फ्यान रहेका अम्जाद हुसेन नाम गरेका ६९ वर्षीय ति फयानले यस्तो अनौठो कार्य गरेर सबैलाई आश्चर्यमा पारेका हुन् । सन् २००६ को विश्वकप पछि उनले कालो, रातो र पहेंलो रंगको कपडा जोड्दै आएका थिए ।

यसपटकको विश्वकप सुरु हुन अघि भने उनले सो झण्डालाई अझ ठूलो बनाउन चाहिने कपडा खरिद गर्न आफ्नो जग्गा समेत बिक्री गरेको मिडिया रिपोर्टमा उल्लेख छ।

उनले बनाएको झण्डाको लम्बाई २ किलोमिटर लामो रहेको थियाे।

उनले भनेका छन्,यदि विश्वकप फुटबलमा जर्मनी दोस्रो चरणमा पुग्छ भने सो झण्डाले स्थानीय क्षेत्रमा रहेको रंगशालालाई घेर्ने लामो झण्डा बनाउनेछु ।

The post जर्मनीका ‘क्रेजी फ्यान’: जग्गा बेचेरै बनाए साढे पाँच किलोमिटर लामो जर्मनीको झण्डा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles