काठमाडौँ, ३१ जेठ । विश्वकपको पहिलो दिन भएको खेलमा आयोजक देश रसियाले साउदी अरेबियामाथि ५-० गोलले जित्न सफल भएको छ ।
पहिलो खेलमा नै लज्जास्पद हार व्यहोरेको साउदी अरबले एक गोल पनि फर्काएन नसक्दा साउदीका फ्यानहरु निराश देखिन्थे ।
सुरुवाती खेल साउदीले राम्रो खेले पनि रसियाका खेलाडीको सामु साउदी अरेबियाका खेलाडी निरिह देखिए ।
रसियाका लागि युरी गाजिनिस्कीले खेलको १२ औ मिनेटमा गोल गरेका थिए ।
खेलको ४३ औ मिनेटमा डेनिस चेरिसेभले दोस्रो गोल गरे ।
खेलको ७३ औ मिनेटमा अर्टेमले तेस्रो गोल गरे । तीन गोलले पछि परेको साउदी अरबले अन्तिम मिनेटहरुमा रसियालाई रोक्न सकेन ।
रसियाका लागि खेलको डेनिस चेरिसेभले चौथो गोल गरे भने व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै खेलको अन्तिम मिनेटमा एलेक्जेण्डर गोलोभिनले गोल गरे । यो सानदार जितसँगै रसियाले विश्वकपमा सुखद सुरुवात गरेको छ ।
The post विश्वकपको पहिलो खेलः रसियाको सुखद सुरुवात, साउदी अरबको लज्जास्पद हार appeared first on Sajha Post.