एजेन्सी, १ असार । रियल मड्रिडका पुर्व स्पोटिङ डाइरेक्टर भलडानोले नेयमार रोनाल्डोको उत्तराधिकारी भएको बताएका छन् ।
पछिल्लो समय लगातार उनी रियल जाने हल्ला चलिरहँदा उनले यस्तो टिप्पणी गरेका हुन् ।
गएको सिजन २२२ मिलियन युरोमा बार्सिलोनाबाट नेयमार पिएसजी क्लब गएका थिए । तर, उनी पिएसजीमा पनि खुशी नभएको हल्ला व्यापक चलेपछि रियल जाने टिप्पणी हुन थालेको हो ।
क्रिस्टियानो रोनाल्डोले रियलमा बस्ने वा नबस्ने हालसम्म निर्णय गरेका छैनन् । तर, मिडिया रिपोर्टका अनुसार उनले रियल छाड्ने मनसाय बनाएका छन् ।
भालडानो जसले १९९० को दशकमा रियलबाट खेले र प्रशिक्षकको भुमिकामा समेत देखिए, उनले भनेका छन्,‘रोनाल्डोको एकमात्र विकल्प नेयमार हुन् ।’
उनले भनेका छन्,‘रियलको स्तरमा नेयमार रहेका छन् । उनी रोनाल्डोको उत्तराधिकारी हुन लायक भइसकेका छन् ।’
तर, पिएसजीले उनलाई बारम्बार नबेच्ने निर्णय गरेको बताउँदै आइरहेको छ । नेयमार अब के निर्णय लिनेछन् यसबारे सबैको चासो बनेको छ ।
The post रियल मड्रिडमा नेयमार रोनाल्डोको उत्तराधिकारी appeared first on Sajha Post.