Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मोहमम्द सलाहबिनै उत्रिएको इजिप्टलाई उरुग्वेले हरायो

$
0
0

एजेन्सी, १ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपमा मोहमम्द सलाहबिनै उत्रिएको इजिप्टलाई उरुग्वेले १-० गोलले पराजित गरेको छ ।

इकाटेरिनबर्ग स्टेडियममा भएको खेलमा पहिलो हाफमा दुवै टोलीले खासै अवसर सिर्जना गर्न सकेनन् । पहिलो हाफमा इजिप्टले राम्रो खेल प्रदर्शन गरेतापनि गोल गर्न भने सकेन ।

स्टार खेलाडीहरुले भरिएको उरुग्वेका लागि लुइज स्वारेज र काभानीले अन्तिम मिनेटमा सानदार खेल प्रदर्शन गरे । ८० औ मिनेट सम्म इजिप्टका खेलाडीले उरुग्वेका स्टाइकरलाई रोक्न सफल भए ।

८० औ मिनेटपछि निकै आक्रामक बनेको उरुग्वेको लागि लुइज स्वारेजले गतिलो अवसर गुमाए । त्यस्तै काभानीले हानेको फ्रिकिक बारमा लागेर फर्कियो । तर, ८९ औ मिनेटमा उरुग्वेका लागि जोसे गिमिनेजले सानदार गोल गरे ।

यो जितसँगै उरुग्वेले विश्वकपमा सुखद सुरुवात गरेको छ । कठिन जित हात पारेको उरुग्वे ग्रुप ए मा तीन अंकका साथ दोस्रो स्थानमा रहेको छ । गोल भिन्नताका आधारमा पहिलो स्थानमा रसिया रहेको छ ।

The post मोहमम्द सलाहबिनै उत्रिएको इजिप्टलाई उरुग्वेले हरायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles