Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रुस विश्वकपमा आतंकवादी हमलाको खतरा

$
0
0

एजेन्सी, २ असार । अमेरिकी विदेश मन्त्रालयले फुटबल विश्वकपको क्रममा अमेरिकी नागरिकहरुले रुसमा आतंकवादी हमला गर्न सक्ने भन्दै चेतावनी जारी गरेको छ । विदेश मन्त्रालयका अनुसार विश्वकप फुटबलको क्रममा रंगशालामाथि आतंकवादीहरुले हमला गर्न सक्छन् । यद्यपी हमलाबारे विस्तारमा जानकारी भने दिइएको छैन ।

आधिकारिक चेतावनीमा विदेश विभागले भनेको छ, ‘अन्तर्राष्ट्रिय प्रतियोगिता जस्तो जारी विश्वकपमा आतंकवादी हमला हुन सक्छ । तर, सुरक्षा व्यवस्था कडा छ ।’ कडा सुरक्षाबीच पनि आतंकवादी फुटबल रंगशाला र ठूलो संख्यामा प्रशंसकहरु भएको स्थानमा उनीहरुले निशाना बनाउने सक्ने विभागले भनेको छ ।

यसअघि अमेरिकी विदेश मन्त्रालयले जारी गरेको चेतावनीमा अमेरिकी नागरिकहरुले रुसमा आतंकवादी हमला गर्न सक्ने र अधिकारीहरुद्वारा संभावित शोषणको आशंकालाई मध्यनजर गर्दै विश्वकपका लागि रुस जाने योजनामाथि पुन:विचार गर्ने कुरा गरेको थियो ।

एजेन्सीहरुको सहयोगमा

The post रुस विश्वकपमा आतंकवादी हमलाको खतरा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles