एजेन्सी, ५ असार । एक सुगाले जापानले विश्वकपमा आफ्नो पहिलो खेल गुमाउने भविष्यवाणी गरेको छ । ओलिविया नाम गरेको सुगालाई विगतमा सही भविष्यवाणी गर्दै आएको छ । यो सुगा टोकियोको उत्तरमा स्थित टोचिगीमा रहेको नासु एनिमल किंगडममा बस्छ ।
स्थानीय मीडियाका अनुसार सुगाले भविष्यवाणी गरेको छ कि रसियामा जारी विश्वकपमा जापान समुह एच मा आफ्नो पहिलो खेल कोलम्बियालाई सुम्पनेछ । ओलिविया ती जनावरहरुमा समावेश छ जसले विगतका वर्षहरुमा भविष्यवाणी गर्दै आएको छ । जापानको सांकेई न्यूजका अनुसार यस सुगाले पहिला बराबरको संकेत दिएको थियो तर अन्तिममा कोलम्बियाको झण्डा उठायो ।
यस चिडियाघरको रेखदेख गर्ने नोजोमी आइकावाले भने, ‘आशा गरौं यसपटक सुगाको भविष्यवाणी गलत हुनेछ ।’ यस १३ वर्षीय सुगाले सन् २०१५ मा भएको महिला विश्वकपमा सातमध्ये छ म्याचको सही भविष्यवाणी गरेको थियो । यसबाहेक रियो ओलम्पिक सन् २०१६ को सातमध्ये पाँच म्याचको सही भविष्यवाणी गरेको थियो ।
The post सुगाको भविष्यवाणी : जापानले पहिलो खेल गुमाउनेछ appeared first on Sajha Post.