एजेन्सी, ९ असार । डिफेन्डिङ च्याम्पियन जर्मनीलाई १-० ले पराजित गर्दै ३ अंक जोडेको मेक्सिको आज दक्षिण कोरियाविरुद्ध मैदानमा उत्रिँदैछ । मेक्सिको शनिबार फिफा विश्वकपमा समुह ‘एफ’बाट नकआउट चरणमा प्रवेश गर्ने लक्ष्य बोकेर मैदानमा उपस्थित हुनेछ ।
जर्मनीलाई हराएर आत्मविश्वास बढाएको मेक्सिको कोरियालाई हराएर आफूलाई सावित गर्न चाहन्छ । उता कोरियाले स्वीडेनसँग रसिया विश्वकपमा आफ्नो पहिलो खेल गुमाइसकेको छ । यस्तो अवस्थामा कोरियाले आज हारेमा उ सिधै बाहिरिनेछ ।
कोरियाका प्रमुख प्रशिक्षक शिन तेई योङ आफ्नो टीमले अप्रत्याशित नतिजा ल्याउने आशमा छन् । उनले आफ्नो स्टार फरवार्ड सोन हियूङ मिनसँग उत्कृष्ट प्रदर्शनको आशा राखेका छन् ।
सोन स्वीडेनविरुद्ध निराश देखिन्थे र टोटनह्यामका यी स्टारले मेक्सिको विरुद्ध लय समातेर आफूलाई प्रमाणित गर्नुपर्नेछ ।
जर्मनीविरुद्ध जीत हासिल गरेको मेक्सिकोले टीममा कुनै पनि परिवर्तन नगर्ने बताइएको छ ।
The post जर्मनीलाई हराएको मेक्सिको टीम नकआउट चरण प्रवेशका लागि मैदानमा उत्रिने appeared first on Sajha Post.