Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्याच प्रिभ्युः जापान भर्सेस सेनेगल, दुवै टोली अंक खोस्ने दाउमा

$
0
0

काठमाडौँ, १० असार । विश्वकपको ग्रुप एचमा सबैभन्दा बलियो टोली मानिएको एसियाली टोली जापान हो । उसको विश्वकप अनुभव पनि राम्रो रहेको छ ।

पहिलो खेलमा कोलम्बियामाथि जित हात पारेको जापान दोस्रो खेलमा पनि जित हात पार्ने दाउमा रहेको छ । त्यस्तै सेनेगलले पनि बलियो टोली पोल्याण्डमाथि सहज जित हात पारेको थियो ।

अर्को चरणमा पुग्नका लागि यी दुवै टोलीलाई जित हात पार्नै पर्ने दबाब रहेको छ । विश्वकपमा सानदार सुरुवात दुवै देश विश्वकपको अन्तिम १६ मा पुग्न हरसम्भव प्रयास गर्नेछन् ।

अफ्रिकन देश सेनेगलले खेल जित्ने सम्भावना उच्च रहेको फुटबल पण्डितहरु बताउँछन् । खेल्ने शैली पनि उच्च लयको भएका कारण सेनेगलको सम्भावना बढी रहेको उनीहरुको भनाइ रहेको छ ।

पहिलो खेलमा १० जनामा सिमित कोलम्बियामाथि कठिन जित हात पारेको जापानलाई सेनेगलसँग अक खोस्न सके पनि अर्को चरणमा पुग्ने सम्भावना उत्तिकै प्रवल हुनेछ ।

विश्वकप इतिहास

विश्वकपमा उपस्थितिः ५ पटक
बेस्ट फिनिसिङः ९ औ स्थान, २००२
पछिल्लो विश्वकपः ग्रुप स्टेजबाटै आउट

रोस्टर
इटालियन प्रशिक्षक अल्बर्टो जाचोरोनीले सन् २०१० देखि जापानको जिम्मेवारी सम्हालेका छन् ।
सेगोलरक्षकः इजी कावासिमा, सुसाकु निषीकाआ, सुइची गोण्डा
कावासिमा, हिगासिगुची, नाकामुरा, नागामोता, माकिनो, योसिदा, एच. साकाइ, जी साकाइ, सोजी, इन्दो, ऐडा, हसिबी, इणगुची, योआमा, होण्डा, इउइ, कागवाना, यामागुची, हारागुची, उसामी, सिवासाकी, आसमिना, मिसाओ, ओकाजाकी, ओसाका, मुतो, असानो

सेनेगल
विश्वकप इतिहास
विश्वकपमा उपस्थितिः सन् २००२ मा पहिलो पटक छनोट
बेस्ट फिनिसिङः सातौ स्थान, २००२
पछिल्लो विश्वकपः २००२

रोस्टर
अब्दुलाए डियालो, खादिम नादिय, अलफ्रिड गोमिस, कालीडोउ कोउलिबे, लामिने गासामा, पेप एलिनोउ एन्डीआए, चिख डियाने एनडोए, चिखोउ कोउएटे, इद्रीसा गाना गएने, केइटा बल्डे डियाओ, इस्मालिया सार, मोउसा सो, मोउसा कोनाटे, मोउसा वाग, सालिफ साने, अल्फ्रीड एनडिआए, साइडो माने, डायफ्रा साखो, कारा एम्बोडजी, एमाए नियाङ, योसुफ सबाले, मामे बिराम डिओफ, सालिओ सिस
यस पटकको विश्वकपमा सेनेगलको टोली बलियो रहेको र अर्को चरणमा पुग्ने फुटबल विश्लेषकहरु बताउँछन् । साइडो माने, नियाङ, साखो जस्ता खेलाडीहरु उच्च फर्ममा रहेका छन् । विश्वकै प्रतिष्ठित लिगबाट खेल खेलिरहेका सेनेगलका खेलाडीहरुले यसपटक चमात्कार गर्ने फुटबल विश्लेषकहरु बताउँछन् ।

The post म्याच प्रिभ्युः जापान भर्सेस सेनेगल, दुवै टोली अंक खोस्ने दाउमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles