काठमाडौं, १० असार । फिफा विश्वकप फुटबल २०१८ को आइतबार भएको खेलमा जापानले सेनेगललाई २-२ को बराबरीमा रोक्दै अंक बाँढेको छ । दुवै टिमले समूह ‘एच’ मा ४-४ अंक जोडेका छन् । अहिलेको अंक तालिकाअनुसार दुवै टिमले अन्तिम १६ पुग्ने सम्भावना कायम राखेका छन् ।
खेलको ११औं मिनेटमा सेनेगलका लागि साडियो मानेले गोल गर्दै आफ्नो देशलाई अग्रता दिलाएका थिए । जापानका लागि टाकासी इनुइले डिबक्सबाट ३४ मिनेटमा सुन्दर गोल गरेर खेललाई बराबरीमा ल्याउन सफल भए ।
७१ मिनेटमा माउसा वागुइले गोल गरेर सेनेगललाई दोस्रो पटक अग्रता दिलाए पनि ७ मिनेटपछि नै उक्त अग्रता तोडियो । ७८औं मिनेटमा जापानका लागि केइसुकेले गोल गर्दै दोस्रो पटक बराबरी गोल फर्काउन सफल भयो।
The post जापानले सेनेगललाई बराबरीमा रोक्यो, दुवैको अन्तिम १६ मा पुग्ने सम्भावना appeared first on Sajha Post.