Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘फ्रान्सले यो सुनौलो मौका गुमाउनु हुँदैन’

$
0
0

काठमाडौँ, २९ असार । फ्रान्सका स्टाइकर ओलिभर जिरुले यस विश्वकपमा पाएको मौका नगुमाउन आफ्ना साथीहरुलाई आग्रह गरेका छन् ।

सन् २०१६ को युरो कपको फाइनलमा फ्रान्स पोर्चुगलसँग पराजित भएको थियो । तर, यसपटकको विश्वकपको फाइनल खेललाई गम्भिरताका साथ लिन उनले आग्रह गरेका छन् ।

आइतबार राति फ्रान्स क्रोयसियासँग आमने सामने गर्दैछ । फ्रान्सले अर्जेन्टिना, उरुग्वे र बेल्जियमजस्ता देशहरुलाई पराजित गर्दै विश्वकप यात्रा तय गरेको हो ।

उनले भनेका छन्, ‘अब हामीले एउटा खेल जित्न सके विश्वकप उपाधि जित्नेछौ । क्रोयसिया एउटा बलियो प्रतिस्पर्धी हो । उसलाई हल्का रुपमा लिनु हाम्रो कमजोरी हुनसक्छ ।’

जिरुले यस विश्वकपमा गोल गर्न सकेका छैनन् । उनले बेल्जियमविरुद्ध सुनौला अवसरहरु गुमाएका थिए । उनले भनेका छन्, ‘मैले बेल्जियमविरुद्ध अवसरहरु गुमाएको थिए । तर, फाइनल खेलमा त्यस्तो नहोस् ।’

The post ‘फ्रान्सले यो सुनौलो मौका गुमाउनु हुँदैन’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images