Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लुका मोडरिक : जसले बारुदी सुरुङमा फुटबल सिके

$
0
0

एजेन्सी, २९ असार । जब उनी ६ वर्षका थिए, उनको हजुरबालाई गोली हानी मारियो । उनको परिवार युद्धका कारण संकटमा थियो । उनी ग्रेनेडको विस्फोटहरुबीच हुर्के । उनको प्रशिक्षक भन्ने गर्थे कि उनी फुटबल खेल्नका लागि निकै कमजोर थिए । उनै मोडरिकले आफ्नो देश क्रोएशियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्‍याए ।

क्रोएशिया पहिलोपटक फुटबल विश्वकपको फाइनलमा पुगेपछि मस्कोको लुजनिकी स्टेडियमको बाहिर उनका एक प्रशंसकले मेक्सिकन पत्रकारसँग कुरा गरे । जब फुटबल प्रशंसक ज्याकब मोटिकलाई आइतबार फ्रान्सविरुद्ध हुने फाइनललाई लिएर प्रश्न सोध्दा उनी चिन्तित थिएनन् किनकी उनलाई विश्वास नै थिएन कि क्रोएशिया फाइनलमा पुग्यो भन्ने ।

फाइनल चुनौतिपूर्ण हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘तपाई लुका मोडरिकलाई चिन्नुहुन्छ ? उनी बारुदी सुरुङका बीच फुटबल खेल्थे । त्यसकारण हामी अलिकति पनि डराएका छैनौं ।’

१७ वर्षीय यी प्रशंसक ९० को दशकमा आफ्नो देशको कहानी सुनेर हुर्कियो । यद्यपी उनको प्रतिक्रिया एक कल्पना हो तर यो वास्तविकताभन्दा पर छैन ।

मोडरिक ती युवकमा गनिन्छन् जसले क्रोशियाली फुटबलको स्वर्णिम कहानी लेखिरहेका छन् ।

उनी र उनको टीमका केही खेलाडीहरुले आफ्नो बाल्यकालमा रगताम्मे संघर्ष र सन् १९९१ मा यूगोस्लाभियाको पतन देखेका छन् ।

विस्थापन र निर्वासन

त्यस क्रममा पूरै इलाकामा फैलिएको सांप्रदायिक हिंसाको कारण उनकै टीमका एक सदस्य तथा साथी वेद्रन कोर्लुकालाई पनि क्रोएशियामा एक शरणार्थीको रुपमा रहन बाध्य गराइएको थियो । त्यस्तै अन्य कयौं मानिसहरुले देश छाड्नुपर्‍यो त्यसबेला । इवान राकिटिकको मामिलामा पनि यस्तै भयो । उनी परिवारसँगै स्विजरल्याण्ड गएर बसेका थिए । क्रोएशियाका लागि फुटबल खेल्नुअघि बार्सिलोनाका यी स्टार फुटबलर स्विजरल्याण्डका लागि केही जूनियर क्याटगोरीमा प्रतिनिधित्व समेत गरिसकेका छन् ।

द्वन्द्वका कारण भत्किएको लुका मोडरिकको घर

 

द प्लेयर ट्रिब्यूनमा छापिएको एक लेखमा मोडरिकले लेखेका छन्, ‘बाल्यकालमा के-के भयो, त्यो सम्झन पनि गाह्रो छ ।’

उनले स्वीकार गरे, ‘मेरो मातापिताले कहिल्यै पनि मसँग वा मेरो भाईसँग युद्धको बारेमा कुरा नै गर्नु भएन किनकी यसमा उहाँहरुले धेरै चाहनालाई गुमाउनु भएको छ । यद्यपी हामी भाग्यशाली रह्यौं ।’

आफ्नो बाल्यकालका क्रममा विस्थापित अर्का एक खेलाडी हुन् मारियो मांदजुकित्श । जसको निर्णायक गोलको सहयोगले इंग्ल्याण्ड सेमिफाइनलमा क्रोएशियासँग पराजित भयो । उनी जर्मनीमा आफ्नो परिवारसँग हुर्किएका हुन् ।

तर, मोडरिक आफ्नै देशमा बसे । यद्यपी उनले सर्बियाली सेनाको बमबारी अन्त्य भएपछि जेडारको सडकमा उनले फुटबल खेले ।

मोडरिकजस्ता बच्चाहरुलाई शरणार्थी क्याम्पबाट धेरै टाढा जान दिइने गरेको थिएन । किनकी, युद्धको समयमा उनीहरु खतरनाक क्षेत्रमा पुग्न नसकुन् ।

सन् २००८ मा मोडरिकले युद्धको बारेमा भनेका थिए, ‘म केवल ६ वर्षको थिएँ । त्यो समय निकै कठिन थियो । मलाई राम्रोसँग याद छ तर यसको बारेमा म सोच्न पनि सक्दिनँ र चाहन्नँ पनि ।

उनले भने, ‘युद्धले मलाई बलियो बनाइदियो । न म यसलाई याद गर्न चाहन्छु न यसलाई भूल्न नै ।’

युद्धसँग प्रभावित अन्य फुटबलरहरु

यस्तै याद छ डिफेन्डर डेजान लोवरेनसँग पनि । युद्धका कारण उनको परिवार विस्थापित भएर जर्मनी जानुपर्‍यो । तर, त्यहाँ उनीहरु शरणार्थी बन्न सकेनन् र सन् १९९० को दशकमा क्रोएशिया फर्कन बाध्य भए ।

लोवरेनले आंशिक रुपमा आफ्नो मातृभाषा भुलिसकेका थिए जसकारण उनले स्कुलमा पनि समस्या झेल्नुपर्‍यो । ‘जब म सिरिया र अन्य देशको शरणार्थीहरुलाई देख्दा मेरो प्रतिक्रया यस्तो हुनेछ, हामीले यस्ता मानिसहरुलाई मौका दिनुपर्छ,’ उनले भने ।

यद्यपी क्रोएशियाका सबै मानिसहरु यस्तो चाहँदैनन् ।

फेब्रुअरीमा छापिएको एक रिपोर्टका अनुसार, एमनेस्टी इंटरनेशनलले केही प्रहरी हिंसाको मामिलालाई हवाला दिँदै क्रोएशियाली सरकारमाथि देशमा अवैध रुपमा आएका आप्रवासीहरुलाई आश्रय नदिएको आरोप लगाएको छ ।

करिब ४१ लाख जनसंख्या भएको देश क्रोएशिया सन् १९५० मा ब्राजिललाई हराएको देश उरुग्वेपछि विश्वकप फाइनलमा पुग्ने सबैभन्दा सानो देश हो ।

इंग्ल्याण्डविरुद्ध सेमिफाइनल खेलको दिन जुटरंगी अखबारले एक सम्पादकीय प्रकाशित गर्यो । जसमा खेलाडीहरुलाई रगत, पसिना र एकताका साथ लड्न भनेको छ । त्यसमा लेखिएको छ, ‘यदि मिलेर काम गरिन्छ भने सानो देशले पनि ठूलो काम गर्न सक्छ ।’

क्रोएशियाकी राष्ट्रपतिकोलिंदा ग्रैबर किटारोविकले पनि त्यस्तै भूमिका निभाइरहेकी छन् । क्वाटरफाइनलमा राष्ट्रिय टीमको जर्सी पहिरिएर उनी भीडमा गोलको खुशी मनाइरहेकी थिइन् । मैदानमा आफ्नो शानदार फुटबल प्रदर्शनमा उनी रमाइरहेकी थिइन् ।

मोडरिकले लगातार तीन खेलमा १२० मिनेट खेलिसके । जसमध्ये दुई खेल पेनाल्टी शूटआउटमा पुग्यो । उनले आइतबार हुने फाइनल खेलमा पनि उस्तै प्रदर्शन गर्ने आशा लिइएको छ ।

इंग्ल्याण्डविरुद्धको खेलपछि ब्रिटिश टेलिभिजन आईटिभीलाई मोडरिकले प्रतिक्रिया दिए, ‘अंग्रेजी पत्रकारहरु र टिभीका एक्सपर्टहरुले हामीलाई कमजोर आँकेका थिए । त्यो उनीहरुको ठूलो गल्ती थियो । हामीले उनीहरुले लेखेका र सबै कुराहरु सुन्यौं र पढ्यौं । र, हामीले भन्यौं, हेर्दै जाउँ को थाक्नेछ ? हामीले एकपटक पुन: देखाइदियौं कि हामी अझै थाकेका छैनौं । यस भिडन्तमा शारीरिक र मानसिक रुपमा हामीमाथि दबाब भएको देखियो ।’

कप्तानलाई यो थाहा छ कि क्रोएशियाले फाइनलमा स्थान बनाएको छ । यसका साथै रियल मड्रिडका मिडफिल्डर मोडरिकको मुहारमा एक मुस्कुराहटसँगै अन्तर्वार्तालाई टुंग्याए ।

मोडरिकको करियर
३२ वर्षीय लुका मोडरिकले आफ्नो करियरको यो स्थानमा आइपुग्न धेरै चुनौतिहरुको सामना गर्नुपर्‍यो । ९ सेप्टेम्बर १९८५ मा जन्मिएका मोडरिकलाई कमजोर भएको भन्दै फुटबल प्रशिक्षकले खेलका लागि लिन मानेका थिएनन् । उनी कमजोर भएका कारण खेल्न सक्दैनन् भन्ने प्रशिक्षकहरुको बुझाइ थियो त्यतिबेला ।

यद्यपी एक पुराना प्रशिक्षकले उनलाई डायनामो जेग्रेब क्लबका लागि ट्रायल दिलाए । १६ वर्षको उमेरमा मोडरिक डायनामोमा अनुबन्ध भए । त्यहाँ उनले आफ्नो प्रतिभालाई निखारे र उनी क्लब र देशका लागि खेल्न निस्के ।

सन् २००६ मा मोडरिकले अर्जेन्टिनाविरुद्ध खेलबाट आफ्नो अन्तर्राष्ट्रिय करियर शुरुआत गरे । विश्वकप सेमिफाइनलसम्म मोडरिकले आफ्नो देशका लागि ११२ खेल खेले ।

उनले सन् २००८ देखि २०१२ सम्म इंग्ल्याण्डको एक क्लबका लागि फुटबल खेले । सन् २०१२ पछि उनी स्पेनिश क्लब रियल मड्रिडका लागि खेलिरहेका छन् ।

मोडरिक संसारकै उत्कृष्ट फुटबलरमा गनिन्छन् । उनी ६ पटक ‘क्रोएशियाली फुटबलर अफ दि इयर’ चुनिइसकेका छन् । उनी ‘फिफा प्लेइङ-११’ रहन सफल एकमात्र क्रोएशियाली खेलाडी हुन् ।

The post लुका मोडरिक : जसले बारुदी सुरुङमा फुटबल सिके appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images