काठमाडाैं, ३० असार । रुसमा जारी विश्वकप फुटबलमा शनिबार तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । आज सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने भएका हुन् ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा हुने खेल नेपाली समय अनुसार ७ .४५ मा सुरु हुनेछ । रुस विश्वकपको एकै समूहमा रहेका दुई टोलीले दोस्रो पटक खेल्न लागेका हुन् ।
समूह चरणमा बेल्जियमले इंग्ल्यान्डलाई १–० ले हराउँदै बेल्जियम समूह विजेता र इंग्ल्यान्ड उपविजेता बनेको थियो । सेमिफाइनलमा बेल्जियम फ्रान्ससँग १–० ले पराजित भएको थियो भने इंग्ल्यान्डले क्रोएसियासँग २–१ गोल अन्तरले पराजित हुँदै बेल्जियमसँगको भेट पक्का गरेको थियो ।
The post विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज बेल्जियम र इंग्ल्यान्ड भिड्दै appeared first on Sajha Post.