काठमाडौँ, १ साउन । विश्वकप विजेता काइलिएन एमबाप्पेले पिएसजी क्लब नछाड्ने निर्णय गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार विश्वकप जितेपछि उनले पिएसजीमा नै रहने प्रतिक्रिया दिएका हुन् ।
गएको सिजन उनी मोनाको क्लबबाट पिएसजी आएका थिए ।
क्रिस्टियानो रोनाल्डोले क्लब छोडेपछि उनलाई रियल लैजाने लबिङ सुरु भएको थियो ।
तर, उनको यो प्रतिक्रियाले रियललाई अर्को विकल्प खोज्न बाटो मिलेको छ ।
रसियामा सम्पन्न विश्वकपमा चार गोल गरेका उनले सर्वोत्कृष्ट युवा खेलाडीको उपाधि समेत जितेका थिए ।
The post एमबाप्पेले रियल मड्रिड नजाने भनेपछि… appeared first on Sajha Post.