काठमडौ, २ साउन । इंग्ल्यान्डको लर्ड्समा हुन लागेको त्रिकोणात्मक क्रिकेट शृङ्खला र नेदरल्यान्ड्सविरुद्धको पहिलो एक दिवसीय क्रिकेट खेल्नका लागि नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।
बुधवार आयोजित एक समारोहबीच युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेलाडीहरूलाई शुभकामनासहित बिदाइ गरेका क छन् ।
पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार लन्डन प्रस्थान गर्दैछ । क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा नेपालले यही साउन १३ गते स्थानीय मेरेलीबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक ट्वेन्टी–२० क्रिकेट शृङ्खला खेल्नेछ भने
त्यसपछि नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा दुईओटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।
The post नेपाली क्रिकेट टोलीलाई विदाई appeared first on Sajha Post.