काठमाडौँ, ३ साउन । जर्मन क्लब बार्यन म्युनिखले थियागो आल्कान्तारालाई बार्सिलोना पठाउने ढोका खुल्ला गरेको छ । तर, उनलाई कति रकममा बार्सिलोना फिर्ता पठाउने भने तोकेको छैन ।
बार्सिलोनाले २५ मिलियन यूरोमा उनलाई बेचेको थियो । पाँच वर्षमा उनले बार्यनबाट ३६ खेल खेलेका खेले ।
बार्यनमा कम अवसर पाएका कारण उनले क्लब छोड्ने निर्णय गरेको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार उनी बार्सिलोना फर्कन चाहन्छन् ।
प्रशिक्षक अर्नेष्टो भालभर्देले आउँदो सिजनबाट बार्सिलोनाको हालको खेल संरचनालाई पुरानै शैलीमा ढाल्ने भएकोले बार्सिलोनाको लागि चाँडै ‘टिकी टाका’ शैली तथा ४–३–३ संरचनामा फिट हुने खेलाडी चाहिएको छ ।
अब बार्सिलोनाले कति मुल्यमा उनलाई अनुबन्ध गर्छ त्यो भने सबैको चासोको विषय बनेको छ ।
The post बार्सिलोना फर्कन चाहन्छन् थियागो आल्कान्तारा ! appeared first on Sajha Post.