काठमाडौँ, ४ साउन । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एकाएक स्पेन छोड्ने निर्णय किन गरे ? यो प्रश्नको जबाफ धेरैले
चाहेका छन् । ला लिगा प्रमुख टेबासले यसबारे मुख खोलेका छन् ।
उनले स्पेनको उच्च कर नियमका कारण रोनाल्डोले रियल र स्पेन छोडेको बताएका छन् ।
रोनाल्डोले आफ्नो ९ वर्षे लामो रियल मड्रिडको यात्रा यसै सिजन अन्त्य गर्दै इटालियन क्लब युभेन्ट्स गएका थिए । उनलाई युभेन्ट्सले १०० मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।
स्पेनमा पछिल्लो समय धेरै खेलाडीहरुलाई कर छली गरेको आरोप लाग्ने गरेको छ । यस्तै विवादमा फसेका थिए रोनाल्डो । गएको सिजन उनले वक्तव्य नै जारी गर्दै आफुले कर छली नगरेको बताएका थिए । उनले भनेका थिए, ‘मैले स्पेन सरकारको नियममा रहेर सम्पुर्ण कर तिरेको छु ।
तर उनीविरुद्ध कर छलीको मुद्धा अझै पनि स्पेनिस अदालतमा चलिरहेको छ ।’
टेबास भन्छन् ‘उनको इटाली प्रस्थान अरु केही नभइ पैसा नै हो । उनले यहाँभन्दा इटालीमा राम्रो कमाइ गर्नेछन् । स्पेन सरकारको कडा कर नीतिबाट उनी पन्छिन चाहन्थे ।’
पछिल्लो समय कर छलीको विवादले चरम उत्कर्ष लिन थालेपछि उनले स्पेन नै छोड्ने निर्णय गरेका हुन् ।
पाँच पटक बेलोन डि ओर जितेका उनले इटालीमा नयाँ रेकर्ड राख्ने टेबास बताउँछन् ।
The post रोनाल्डोले एकाएक स्पेन छोड्नुको रहस्य यस्तो appeared first on Sajha Post.