काठमाडौँ, १३ साउन । आइतबार बिहान भएको अन्तराष्ट्रिय च्याम्पियन्स कपमा म्यानचेस्टर सिटीले सानदार कमव्याक गर्दै बार्यन म्युनिखलाई ३-२ गोलले पराजित गरेको छ ।
बार्यनले दुई गोलको अग्रता जोगाउन नसक्दा म्यान सिटीले तीन गोल फर्काएको थियो । बार्यनका लागि मरिटान सभानी र आर्जेन रोब्बेनले गोल गरेका थिए ।
तर, म्यानसिटीका लागि बर्नानण्डो सिल्भाले सानदार खेल प्रदर्शन गरे ।
उनले खेलको ४५ औ र ७० औ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै सिटीका लागि लुकासले खेलको ५१ औ मिनेटमा गोल गरेका थिए ।
पछिल्लो खेलमा लिभरपुलसँग पराजित भएको सिटीले यस खेलमा भने सानदार कमव्याक गरेको थियो ।
The post म्यानचेस्टर सिटीले सानदार कमव्याक गर्दा बार्यन म्युनिख पराजित appeared first on Sajha Post.