काठमाडौँ, २७ साउन । गएराति भएको इंलिस प्रिमियर लिगमा चेल्सीले आफ्नो पहिलो खेलमा हडल्सफिल्ड टाउनलाई ३-० गोलले पराजित गरेको छ ।
खेलको ३४ औ मिनेटमा चेल्सीका लागि एंगोलो कान्टेले पहिलो गोल गरे ।
पहिलो हाफ सकिनै लाग्दा जर्जिन्होले पेनाल्टी मार्फत दोस्रो गोल गरे ।
पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको चेल्सीका लागि खेलको ८० औ मिनेटमा पेद्रो रोद्रिगेजले तेस्रो गोल गरे ।
पहिलो खेलमा नै सानदार जित निकालेको चेल्सी गोल भिन्नताका आधारमा अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।
The post प्रिमियर लिगमा चेल्सीको सानदार सुरुवात appeared first on Sajha Post.