काठमाडौँ, २७ साउन । स्पेनका स्टार खेलाडी जेरार्ड पिकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
सन् २०१० को विश्वकप र सन् २०१२ को युरो कप उपाधि स्पेनलाई जिताउन उनले महत्वपुर्ण भुमिका खेलेका थिए ।
उनले भनेका छन्, ‘सन् २०१८ मा रसियामा भएको विश्वकपमा स्पेनले आशलाग्दो खेल प्रदर्शन गर्न नसकेका कारण सन्यास लिएको हुँ ।
उनले स्पेनबाट १०२ वटा खेल खेल्ने मौका पाए ।’
विश्वकपबाट बाहिरिएपछि स्पेनको प्रशिक्षकमा पुर्व बार्सिलोना प्रशिक्षक लुइज इन्रिक्युले सम्हालेका छन् । पिकेले प्रशिक्षकसँग सल्लाह गरेर नै सन्यास लिएको बताएका छन् ।
‘स्पेनलका लागि खेल खेल्नु एउटा महत्वपुर्ण यात्रा भएको र उपाधि जित्दा निकै खुसी भएको थिए ।’, उनले भने ।
बार्सिलोनाले आइतबार स्पेनिस सुपर कप खेल्र्दैछ । यसका लागि उनी अभ्यासमा व्यस्त रहेका छन् ।
The post जेरार्ड पिकेले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास appeared first on Sajha Post.