Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोना आउँलान् त पोग्वा !

$
0
0

काठमाडौँ, २९ साउन । स्पेनिस लिग सुरुवात हुनु केही दिन बाँकी रहेको छ । बार्सिलोनाले महत्वपुर्ण खेलाडीहरुलाई अनुबन्ध गर्ने श्रृंखलालाई अझै रोकेको छैन ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पोउल पोग्बालाई अनुबन्ध गर्न बार्सिलोना ललायित रहेको छ ।

म्यानुका प्रशिक्षक जोसे मोउरिन्हो र पोग्बाबीचको खराब सम्बन्धका कारण पोग्बाले युनाइटेड छाड्न चाहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

बार्सिलोनाका अध्यक्ष बार्टोमेउले सरुवा बजार अझै २० दिन खुला रहने र बिजनेस गर्ने समय अझै बाँकी रहेको बताउँदै क्लब पोग्बा भित्र्याउने दौडमा रहेको संकेत दिएका छन् ।

बार्सिलोना पोग्बा उछिट्याउने दाउमा रहेको छ भने रियलले हालसम्म कुनै पनि स्टार खेलाडी अनुबन्ध गरेको छैन ।

The post बार्सिलोना आउँलान् त पोग्वा ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles