Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विलियनले गरे कोन्टेलाई कटाक्ष

$
0
0

काठमाडौँ, २९ साउन । ब्राजिल तथा चेल्सीका स्टार खेलाडीका विलियनले चेल्सीका पुर्व प्रशिक्षक एन्टोनियो कोन्टेलाई कटाक्ष गरेका छन् । उनले भनेका छन्, ‘एन्टोनियो कोन्टे यस सिजन चेल्सीमै रहेको भए म अन्य क्लबमा आवद्ध भइसकेको हुने थिए ।’

उनले भनेका छन्, ‘मलाई विश्वास छ सारीले चेल्सीको समस्या ठीक गर्नेछन् । उनको रणनीतिप्रति मलाई विश्वास छ ।’

उनलाई बार्सिलोनाले किन्ने हल्ला व्यापाक चलेको थियो । उनलाई किन्ने भए बार्सिलोनाले ६० मिलियन पाउण्ड तिर्नुपर्ने चेल्सीले बताएको थियो ।

गएको सिजन चेल्सीले झुर खेल प्रदर्शन गरेको थियो भने पाँचौ स्थानमा चित्त बुझाएको थियो ।

चेल्सीले यस सिजनको पहिलो प्रिमियर लिग खेलमा हडल्सफिल्ड टाउनलाई ३-० गोलले पराजित गर्दै महत्वपुर्ण तीन अंक बटुल्न सफल भएको थियो ।

The post विलियनले गरे कोन्टेलाई कटाक्ष appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles