Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ला लिगाका खेल टिभीमा हेर्न नपाइने, फेसबुकबाट लाइभ !

$
0
0

काठमाडौँ, ३० साउन । नेपाली दर्शकहरुले ला लिगाका हरेक खेल फेसबुकमाफर्त हेर्न पाउने भएका छन् । आगामी ३ सिजनसम्मको लागि ला लिगा र फेसबुकले सित्तैमा फेसबुकमाफर्त खेल देखाउने सम्झौता गरेको हो ।

यसअघि सन् २०१४ बाट २०१८ सम्म ला लिगाका प्रशारणको अधिकार सोनी नेटवर्टकले किनेको थियो । तर, उसले सम्झौता सकिएपछि नथपेकाले फेसबुकले ला लिगाका खेल प्रशारण गर्न गरी ऐतिहासिक सम्झौता गरेको हो ।

मिडिया रिपोर्ट अनुसार फेसबुकले नेपालसँगै भारत, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तान गरी ८ देशमा ला लिगाका ३ सय ८० खेल आफैंले प्रयत्क्ष प्रशारणको अधिकार खरिद गरेको हो ।

ला लिगा र फेसबुकबीच सोमबार औपचारिक रूपमा यस विषयमा सम्झौता भइसकेको मिडिया रिपोर्टमा उल्लेख छ । सम्झौताअनुसार अब ला लिगाका खेल आगामी तीन सिजनसम्म फेसबुकबाट मात्रै प्रत्यक्ष हेर्न पाइने भएको छ । यी ८ देशमा कूल ३ सय ४८ मिलियन फेसबुकका प्रयोगकर्ता रहेका छन् ।

The post ला लिगाका खेल टिभीमा हेर्न नपाइने, फेसबुकबाट लाइभ ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles