एजेन्सी, ३१ साउन । गएको सिजन म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका खेलाडी केभिन डि ब्रुने घाइते भएका छन् । उनको घुँडामा चोट लागेको छ ।
यस सिजनको प्रिमियर लिग सुरुवातमात्र भएको छ । पहिलो खेलमा आर्सनलमाथि जित हात पारेको सिटीलाई उनको अनुपस्थितिले ठुलै समस्या पार्ने अनुमान गरिएको छ ।
सन् २०१६ मा उनी घाइते हुदाँ नौ हप्ता मैदान बाहिर रहेका थिए । यसपटक भने कति महिना मैदान बाहिर हुने हुन् त्यो भने उनको मेडिकल रिपोर्ट आएपछि मात्र थाहा हुने बताइएको छ ।
सिटीले यस सिजन मिडफिल्डरहरु अनुबन्ध गरेको छैन । उनको अनुपस्थितिमा बर्नानण्डो सिल्भा, डेबिड सिल्भाले महत्वपुर्ण जिम्मेवारी सम्हाल्ने अपेक्षा लिइएको छ ।
The post म्यानचेस्टर सिटीका स्टार खेलाडी केभिन डि ब्रुने घाइते appeared first on Sajha Post.