Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘एट्लेटिकोमै रहने निर्णय गरेर ठीक गरे’

$
0
0

काठमाडौँ, १ भदौ । यस सिजन एट्लेटिको मड्रिडका फरवार्ड एन्टोनियो ग्रिजम्यान बार्सिलोना जाने निकै हल्ला चल्यो । तर, उनी एट्लेटिको छोड्ने मुडमा देखिएनन् ।

उनले यसैबीच आफ्नो प्रतिक्रिया दिएका छन् । आफूले क्लब छोडेर कुनै गलती नगरेको बताएका छन् ।

बुधबार राति सम्पन्न खेलमा च्याम्पियन्स लिग विजेता टोली रियल मड्रिडलाई यूरोपियन सुपरकपमा पराजित गरेपछि प्रतिक्रिया दिँदै उनले यस्तो कुरा बताएका हुन् ।

ग्रिजम्यान एट्लेटिको मड्रिड छोडेर बार्सिलोना आउने कुरा थियो ।

बार्सिलोनाले पनि उनलाई भित्र्याउन चाहे पनि उनी भने एट्लेटिको मड्रिडमै बस्न चाहेका थिए ।

रियलसँगको खेलपछि मुभीस्टार प्लसलाई प्रतिक्रिया दिँदै उनले भने ‘म यसै क्लबमा बसे किनकी त्यहाँको योजना राम्रो छ । म यो क्लब तथा सिमियोनलाई विश्वास गर्छु । तपाईले पनि देख्नुभयो मेरो निर्णय गलत छैन भनेर । अझै लामो यात्रा तय गर्नै बाँकी छ त्यसैले अझै मेहनत गर्नुछ ।’

The post ‘एट्लेटिकोमै रहने निर्णय गरेर ठीक गरे’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles