काठमाडौँ, १ भदौ । स्टार खेलाडी सर्जियो रामोसले रियल मड्रिडले सानदार बाउन्स ब्याक गर्ने बताएका छन् ।
क्रिस्टियानो रोनाल्डोले रियल छोडेपछि कमजोर ठानिएको रियलको टोली बलियो भएको र लगातार खेल जित्न सक्षम रहेको उनले बताएका छन् ।
रियलको बोर्डसँग कुरा नमिलेपछि रोनाल्डोले इटालियन क्लब युभेन्ट्स जाने निर्णय गरेका थिए ।
युरोपियन सुपर कपमा एट्लेटिको मड्रिडसँग पराजित भएपछि रियलको मनोबल गिरेको भन्दै फुटबल पण्डितहरुले आलोचना गरेका थिए ।
तर, रामोसले उनीहरुको आलोचनामा दम नभएको बताएका छन् । रोनाल्डोको विकल्प रियलले खोजिरहेको समेत उनले बताए । यस सिजन ग्यारेथ बेलको महत्वपुर्ण भुमिका हुने उनले बताएका छन् ।
The post ‘रोनाल्डोले छोडेपनि रियलको मनोबल उच्च’ appeared first on Sajha Post.