
काठमाडाैं, ८ भदाै । एसिया कप छनोटको लागि विशेष प्रशिक्षण गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल खेल्दैछ ।
मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेल खेल्न लागेको हो ।
पहिलो अभ्यास खेलमा जित निकालेको नेपालले आज ब्लुमफिल्ड क्लबसंग उसैको मैदानमा दोस्रो अभ्यास खेल खेल्नेछन् ।
खेल नेपाली समय अनुसार १०ः१५ मा सुरु हुनेछ । नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई ६७ रनले हराएको थियो ।
The post एसिया कप छनोट : नेपालले आज दोस्रो अभ्यास खेल खेल्ने appeared first on Sajha Post.