Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एशियाली खेलकूद : जुडोमा नेपाल पराजित

$
0
0

काठमाडौँ, १५ भदौ । इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूदमा नेपाल जुडोमा पदकविहीन भएको छ ।

शुक्रबार सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । आज सम्पन्न पुरुष १०० किलोमुनि तौल समूहमा रविन श्रेष्ठ उज्वेकिस्तानका जुराएभसँग पराजित भए ।

पुरुष ९० किलोमुनि तौल समूहमा श्रीराम मकाजु ताजकिस्तानका कोमरोशेख उस्तोपिरियोनसँग तथा महिला ७८ किलोमुनि तौल समूहमा पुनम श्रेष्ठ दक्षिण कोरियाकी युजिन पार्कसँग पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

बिहीबार दक्षिण एशियाली खेलकूद (साग) की स्वर्ण पदकधारी तथा ओलम्पियन फूपुल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान र सञ्जीत डङ्गोल पराजित भएका थिए ।

यसअघि बुधबार दुई तथा बिहीबार तीन खेलाडी पहिलो चरणमा नै पराजित भएका थिए । नेपालबाट जुडोमा आठ खेलाडीले सहभागिता जनाएका थिए । यही भदौ २ गतेदेखि शुरु भएको एशियाली खेलकूद शनिबार सकिँदैछ । जारी प्रतियोगितामा नेपालले २९ खेलमा प्रतिस्पर्धा गरेको थियो । नेपालले प्याराग्लाइडिङमा एउटा मात्र रजत पदक जितेको छ । रासस

The post एशियाली खेलकूद : जुडोमा नेपाल पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles