कोलम्बिया, १४ मंसिर । ब्राजिलका फुटबल खेलाडीहरुसहित ७२ जना यात्रु सवार विमान कोलमम्बियामा दुर्घटनामा परेको छ । अधिकारीहरुका अनुसार सो विमान कोलम्बियाको मेडेलिन सिटी नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनाबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी नै छ । यात्रुहरुको अवस्थाबारे केही बताइएको छैन । बोलियभियाबाट उडेको सो विमानमा ब्राजिलको सिरि ए टोली चापेकोएन्सका सदस्यहरुसहित ७२ जना थिए ।
बिबिसीका अनुसार ति खेलाडीहरु कोलम्बियन टिम एथ्लेटिको नेशनलसँग साउथ अमेरिकन क्लब कपको फाइनल खेल्न त्यसतर्फ जाँदै थिए । दुर्घटना पछि यो खेल रद्ध भएको छ ।
दुर्घटनास्थल मेडेलिन सिटी नजिकको हिमाली क्षेत्रमा पर्छ ।
मेडेलिनका मेयर फेडरिको गुटिरेजले यसलाई भयानक दुर्घटना भनेका छन् । विमानमा सवार यात्रुहरु जीवित हुनसक्ने उनको विश्वास छ ।
ब्राजिलियन शीर्ष लिगमा अब एक खेल बाँकी रहँदा यो टिम ५२ अंकसहित अंक तालिकाको नवौँ स्थानमा छ ।
The post ब्राजिलियन फुटबलरहरु बोकेको विमान कोलम्बियामा दुर्घटना appeared first on Sajha Post.